अर्घाखाँची कोरोना मुक्त नजिक | सन्धिखर्कमा २ जना बाहेक सबै पालिका कोरोना मुक्त भए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला कोरोना मुक्त नजिक पुगेको छ । अहिले जिल्लाभर २ जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा २ जना बाहेक अरु शितगंगा,  भूमिकास्थान,  मालारानी, छत्रदेव र पाणिनी   कोरोना मुक्त भएका छन् । यि ५ पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८,     भूमिकास्थान नगरपालिकामा १३५,   मालारानीमा ९०,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७८६   जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७४  जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२,    मालारानीमा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
 
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको छ । जिल्लामा पुन: कोरोना खोप लगाउने कार्यक्रम फागुन २३ गतेबाट शुरु हुँदैछ । 
शुक्रबारको विवरण यस्तो छ:-