अर्घाखाँची जिल्ला कोरोना मुक्त

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला कोरोना मुक्त भएको छ । जिल्लाभरका सन्धिखर्क, शितगंगा,  भूमिकास्थान,  मालारानी, छत्रदेव र पाणिनी   कोरोना मुक्त भएका हुन् । जिल्लाका सबै पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१  जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८,     भूमिकास्थान नगरपालिकामा १३५,   मालारानीमा ९०,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७८८   जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७४  जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२,    मालारानीमा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
 
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ०  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो । जिल्लामा पुन: कोरोना खोप लगाउने कार्यक्रम फागुन २३ गतेबाट शुरु हुँदैछ । 
शनिबारको विवरण यस्तो छ:-