सन्धिखर्क र चुत्राबेसीमा उठन नसकेको फोहोर भोलीदेखि उठाइने

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेसीमा उठन नसकेको फोहोर भोलीदेखि उठाइने र फुदवाङ – आटिकापाटा बिचमा पर्ने अउलाखोलामा रहेको डम्पिङ साईडमा व्यवस्थापन गरिने भएको छ । 

केही समयदेखि उठाउन नसकिएको सन्धिखर्क र चुत्राबेसीमा उठन नसकेको फोहोर भोली आईतबारदेखि उठाइने र फुदवाङ – आटिकापाटा बिचमा पर्ने अउलाखोलामा रहेको डम्पिङ साईडमा व्यवस्थापन गरिने भएको हो । 

केही दिनदेखि सन्धिखर्क र चुत्राबेसीमा फोहोर उठन नसकेको कारण बजार अस्तव्य्वस्त भएको छ । उता डम्पिङ साईडको स्थलगत निरिक्षण गर्दै सन्धिखर्क – १ का वार्ड अध्यक्ष युवराज बन्जाडेले फोहोर भोली आईतबारदेखि उठाइने बताए ।   


अर्घाखाँची जिल्ला ईतिहासका साथै प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो । आर्थिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र पर्यटकीय संभावना बोकेको क्षेत्र पनि अर्घाखाँची हो । तर पछिल्लो समयमा अर्घाखाँची निकै फोहोर छ । सदरमुकाम सन्धिखर्क र चुत्राबेसीको बिचमा बग्ने बाँगीखोला यहाँको एक प्राकृतिक बरदान हो ।


नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। यस्तै वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खाँचीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाई प्रचलित छ।

तर यहाँको फोहोरले अहिलेसम्म अर्घाखाँचीले पाएका सबै उपमा अर्थहिन बनिरहेका छन् । अर्घाखाँचीलाई प्रकृतिको उपहार भन्नेहरु पनि कम छैनन् । जडिबुटीको भण्डार,जलस्रोतको संभावना बोकेको क्षेत्र पनि अर्घाखाँची नै मानिन्छ ।

यतिबेला फोहोरले दुर्गन्ध बनिरहेको र हिडडुल गर्न पनि उकुसमुकुस हुने सदरमुकाम सन्धिखर्क हो । यतिबेला बाँगीखोला फोहोरबाट मुक्ती पाउने दिन कुरेर बसेको छ । प्रत्येक दिन यहाँका स्थानीयले घर तथा पसल,होटलबाट निस्केको फोहोर बाँगीखोलामा ल्याएर फ्याक्छन् ।


बाँगीखोला मात्र नभएर चुत्राबेसीका घोँचे र भद्री खोला स्थानीयले घर तथा पसल,होटलबाट निस्केको फोहोर बाँगीखोलामा ल्याएर फ्याक्छन् ।

बाँगीखोलाको सरसफाईको बारेमा अर्घाखाँचीडट्कमले लगभग २ दशकदेखि समाचार प्रकासित गर्दै आएको छ ।  हरेक बिहान र साँझको समयमा स्थानीयले फोहोर ल्याएर त्यो खोलामा नफालेको रकेर्ड छैन् । दिनप्रतिदिन एक पछि अर्को गर्दै फोहोर फाल्नेको होड नै चलेको अनुभुति हुन्छ । एकातिर फोहोर ल्याएर खोलामा फ्याकिन्छ । अर्कोतिर सरसफाइको लागि कपडा धुने गरिन्छ । बाँगीखोलालाई फोहोर बनाउनेको कमी छैन् । सफा बनाउनेको अभाव छ । फोहोरबाट मुक्ती पाउने बिषयमा प्रिय बाँगीखोला मात्र चिन्तित छैन् । सन्धिखर्कको प्रसिद्ध मानेर बारम्बार पुजापाठ गर्न जाने सिद्धेश्वर शिवालय मन्दिर मुनीका क्षेत्रमा होस् कि शान्तिबगैचा मन्दिर क्षेत्र पनि फोहोरको थुप्रोबाट उम्किन सकेका छैनन् ।

हिउँदको समयमा रुघाखाेकी र बर्खाको समयमा झाडापाखाला र हैजा फैलन सक्ने ठुलो खतरा बढेको छ । बाँगीखोलाको फोहोर व्यवस्थापन गरेर सन्धिखर्कलाई सुन्दर नगर बनाउने यहाँका सरकारी कर्मचारी, जनप्रतिनिधी, नेतालाई गफ नै भएको छ ।  

सन्धिखर्कलाई फोहोरबाट मुक्ति कसले दिलाउने ? नगरपालिका, वार्ड कार्यालय मौन छन् । नगरपालिकाको बाँगीखोला बारेमा कुनै योजना छैन् । नागरिक समाज मुखदर्शक बनेको छ । बाँगीखोला फोहोरबाट मुक्ति पाउनुको सट्टा हैजा फैलाउने कारक बन्न सक्दछ ।


नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन् । फुदवाङ – आटिकापाटा बिचमा पर्ने अउलाखोलामा सन्धिखर्क नगरपालिकाले फोहोर जथाभावी फाल्दा र प्लाष्टिक जलाउदा वातावरण  प्रदुषित भएको छ ।

सन्धिखर्कको फोहोर व्यवस्थापन नहुने हो भने अर्घाखाँची निकै फोहोर र कुरुप जिल्लाका रुपमा स्थापित हुनेछ । अहिले सम्म अर्घाखाँचीको पछाडी लागिएका सबै उपमा व्यर्थ हुनेछन् । समयमै सोचौँ, बाँगीखोला सरसफाइमा जुटौँ, सफा, सुग्घर र सुन्दर नगरका रुपमा स्थापित गरौँ भन्ने जिल्लाबासीको भनाई छ । 

अन्य समाचारहरु