असुरकोट र खिल्जीमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण

श्याम घिमिरे
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले नगरको  वार्ड नं. ५ असुरकोट र ६ खिल्जीमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ । 
नगरभित्रका सवै वडामा पुगि परिचयपत्र बितरण गर्ने योजना बनाएको नगरपालिकाले सनिवार दुबैवडाका २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको नगरपालीकाका कम्प्युटर अपरेटर शेषकान्त घिमिरेले जानकारी दिनुभयो ।
जसअन्तरगत २ जनाले क वर्गको, ५ जनाले ख वर्गको, ९ जनाले ग बर्गको र ६ जनाले घ बर्गको अपांगता परिचयपत्र प्राप्त गरेका हुन् । नगर उपप्रमुख खडानन्द बेलवासेले परिचयपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्री,शाखा अधिकृत तुवलाल सापकोटा,अर्घाखाँची अस्पतालका डा.अमृत भट्टराई, अपांग समन्वय समितिका सदस्य पानबहादुर क्षेत्री,वडाअध्यक्षहरु तुल्सीराम बेल्वासे,झबिन्द्र बन्जाडे लगायत नगरपालीकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । भोली वडा नं ७ र ८ मा परिचयपत्र वितरण गरिने पालीकाले जनाएको छ ।
ढाकावाङमा अपाङ्गता परिचयपत्र वितरण शिविर कार्यक्रम सम्पन्न (फोटो सहित)

अन्य समाचारहरु