अर्घाखाचीको नरपानी गाविस स्थित जगतमा तरकारी खेतीले करोडौ भित्रायो

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र केसी, सम्पादक

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) – अन्न खेती गरेर पाच महिना मुस्किलले खान नपुग्ने भिरालो र पाखो बारीमा तरकारी खेती गरेर नरपानी गाविसको जगतमा करोडौ रुपैया भित्रिएको छ ।

कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएपछि गाउ नै परिबर्तन भएको छ । तरकारी खेतीबाट वाषिर्क डेढ करोड भित्रने गरेको जय किसान तरकारी संकंलन केन्द्रका सयोजक इन्द्रमणी न्यौपानेले बताए । गाउमा उत्पादित तरकारी सन्धिखर्कमा लाग्ने शुक्रवारे हाट बजारमा  बिक्री हुने गर्छ ।

मनग्य आम्दानी हुन थालेपछि बिदेशिन लागेका युवा पनि तरकारी खेतीमा व्यस्त छन जगतकी महिला कृषक ज्ञान कुमारी थापाले तरकारी खेतीबाट मनग्य आम्दानी लिएकी मात्र  छैनिन, उनले विदेशिन लागेका युवाहरुलाई पनि यहि पेसा गर्न लगाएकी छन । अहिले वाषिर्क ३ लाख भन्दा बढी आम्दानी हुने गरेको उनले बताईन ।

चार बर्षअघि यहि भिरालो बारीमा उब्जेको अन्नले पाच महिना खान नपुगेपछि ऋण काढेर सुरु गरेकी हु अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ उनले भनिन । आफनो १० रोपनी जग्गामा अन्न खेती छोडेर तरकारी खेती गरेकी छन । 

जिल्ला कृषि विकास कार्यालय र सोस्डेकको कृषक तालिम र प्राबिधिक सहयोगबाट नरपानीका कृषकले तरकारी खेती गरेका हुन । बारीमा बन्दा, काउली, गोलभेडा, मुला, आलु,साग,र सीमी लगायतका तरकारी बारी भरी लगायका छन ।

  त्यस्तै अर्का युवा कृषक गुणानिधि न्यौपानेले वाषिर्क ४ लाख रुपैया आम्दानी गर्छन । गाउमा एक/दुइ जना कृषकले तरकारी खेती गरको देखासिकी गरेर सिंगो गाउले आधुनिक प्राविधिकबाट व्यावसायिक रुपमा तरकारी खेतीमा आर्कषित भएका छन । यसरी खेती गर्ने नरपानीमा ४० घरपरिवार छन ।

किसान नेत्रलाल विश्वकर्माले भने, अहिले घर चलाउन कुनै गाह्रो छैन । अरु खेतीबाट भन्दा यसबाट दोब्बर आम्दानी हुदो रहेछ, हामि तिन वर्षमै फेरियौ ।   

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-  

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी 
ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी
binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु