कोरोना मुक्त अर्घाखाँचीमा तेस्रो चरण खोपको तयारी तिब्र

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना मुक्त अर्घाखाँची जिल्लामा पहिलो र दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियान सफल भएसँगै तेस्रो चरणको खोप अभियानले तिब्रता पाएको छ ।
जिल्लामा अब  सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षकलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । यस्तै जिल्लामा ५५ वर्षमाथिका नागरिकलाई पनि खोप लगाईने भएको छ ।
जिल्लामा अब  सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ५५ वर्षमाथिका नागरिकलाई आगामी फागुन २३ गतेबाट कोरोना विरुद्धको खोप लगाईने भएको हो । 
सरकारको निर्णयअनुसार क्याम्पस र विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक बसका चालक र सहचालकलाई खोप दिइनेछ।  
५५ वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिहरुलाई तेस्रो चरणमा कोभिड– १९ विरुद्धको खोप लगाउने सरकारको तयारीअनुसार स्वास्थ्यकर्मीहरु लागिपरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले बताएको छ । 
यस्तै जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरुले खोप लगाई सकेका छन् । 
उता जिल्लामा पहिले १३७८ जना र दोस्रो पटक १८६० जनाले कोरोना खोप लगाएका छन् ।  जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीका  सुचना अधिकारी बिजय बिकले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अर्घाखाँचीमा आज सोमबारबाट पहिलो चरणको खोप सम्पन्न भएको छ ।  
अर्घाखाँची जिल्ला कोरोना मुक्त भएको छ । जिल्लाभरका सन्धिखर्क, शितगंगा,  भूमिकास्थान,  मालारानी, छत्रदेव र पाणिनी   कोरोना मुक्त भएका हुन् । जिल्लाका सबै पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१  जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८,     भूमिकास्थान नगरपालिकामा १३५,   मालारानीमा ९०,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७८८   जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७४  जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२,    मालारानीमा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ०  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो ।