धनचौरको तल्ला पाकुमा पहिलो पटक बस पुगेपछि स्थानियबासीमा खुशीयाली (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरको तल्ला पाकुमा पहिलो पटक बस पुगेपछि स्थानियबासीमा खुशीयाली छाएको छ । 
धनचौरको तल्ला पाकुमा पहिलो पटक आज आईतबार बस पुगेपछि स्थानियबासीमा खुशीयाली छाएको हो । अब धनचौरको तल्लोरुट वुढिचौर दारिमपाटा पुत्के डडुवा रातमाटा हुँदै तल्ला पाकुसम्म बस चल्ने छन् । 
धनचौरको तल्ला पाकुमा आज प्रमुख अतिथि नगर प्रमुख रेशम थापाले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । साथै कार्यक्रममा विशिष्ट अतिथि  नगरका प्रमुख प्रशासकीय अधिकृत लिल वहादुर राउत, भुनपा ९ का अध्यक्ष नारायण खनाल लगायतले सम्बोधन गर्नु भएको  थियो ।
वडाअध्यक्ष खगेश्वर पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य टाम लाल भट्टराईले राख्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन ईश्वरी प्रसाद मरासेनीले गर्नु भएको थियो । पहिलो पटक बस आगमनवाट गाउँलेहरूले खुसियाली व्यक्त गरेका थिए । 

अन्य समाचारहरु