अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेका विद्यालयहरुमा अब गुनासो पेटिका राखिने भएको छ ।
बालबालिकामाथि हुने हिँसा, शोषण र दुर्व्यवहारको सुनवाईको लागि सन्धिखर्क नगरपालिकामा रहेका विद्यालयहरुमा अब गुनासोपेटीका राखिने भएको हो ।
यस्तै सन्धिखर्क नगरपालिकाले स्थानिय विद्यालयहरुमा निर्देशन गरे अनुसार अब हरेक विद्यालयले एक जना शिक्षक (भएमा महिला) लाई लैगिंक संपर्क विन्दु राख्नुपर्ने छ ।