अराज बेल्बासे
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । देशकै प्रसिद्ध मन्दिरहरु मध्ये अर्घाखाँचीको सुपादेउराली मन्दिर पनि हो ।देशका विभिन्न स्थान तथा भारत बाट दौनिक हजारौ प्रर्यटकहरु यहाँ दर्शनका लागि आउने गर्छन भने दौनिक लाखौ रकम समेत मन्दिरमा संकलन हुने गर्छ । बार्षिक करोडौ आम्दानी हुने सुपा देउरालीमा आउने भक्तजनहरु जब पहिलो पटक आउछन यहाँको ब्यवस्थापनले अचम्मित पर्छन् ।
२ वटा स्थानियदतह सन्धिखर्क नगरपालिकाको र शितगंगा नगरपालिकाको स्वामित्व रहेको यो मन्दिरमा शितगंगा तर्फबाट नेत्तृत्व गर्ने समुहको सधै आलोचना हुने गरेको छ । मन्दिर प्रबेश गर्ने स्थान शितगंगा क्षेत्रको मन्दिर आसपासको क्षेत्र कहिले ब्वस्थित हुन सकेन यसमा समितिमा सचिवको कमजोरी रहेको स्थानिय बताउने गर्छन् ।
शितगंगाको तर्फ बाट ब्यवस्थापन समितिमा लामो समय देखि सचिव यादव घिमिरे रहेका छन तर प्रवेस द्वारको सडक पुर्ण रुपमै जिर्ण रहेको उनको लामो कार्यकाल देखिनै हो ।
सन्धिखर्क क्षेत्रमा पर्ने सडक तथा अन्य ब्यवस्थापन निकै राम्रो रहे पनि यता शितगंगा तर्फ दुर्घटना ग्रस्त जिर्ण सडकले गर्दा मन्दिर आउने भक्तजनले सास्थि मात्र खेप्दैन्न सडकको धुलोले चिनिनै गारो हुने गरि मन्दिर पुग्छन् ।
टाढा-टाढाबाट आउने भक्तजनले सडकको अबस्था देख्दा निकै आलोजना गर्ने गरेका छन करोडौ आम्दानी हुने मन्दिर प्रबेश को मुख्य आसपासको सडकको यो अबस्थाले समग्र जिल्लाकै बदनामी गराउछ । समितिमा रहेका सचिव धिमिरेले मन्दिर माथीको सडक आरसिसि बन्दा यता पर्ने सडकको सुधारमा कुनै भुमिका नखेलेको स्थानियको आरोप छ ।
मन्दिरमा बर्षमा लाखौ भक्तजन बाट करोडौ रकम संकलन भए पनि समितिले पार्दशी हिसाब राख्न नसकेको आरोप लाग्ने गरेको छ यहि कारणले अदालतमा समेत मुद्दा पुगेको थियो ।
सुपादेउरालीको आफ्नै महिमा रहेको छ चट्टानले बनेको पहाडमा रहेको मन्दिर देबि दुर्गाको पुजा गरिन्छ परापुर्वकाल देखि गरेको भाकल पूरा हुन्छ भन्ने बिश्वासका साथ नेपाल तथा भारतका विभिन्न स्थान बाट भाकल गरि यो मन्दिरमा आउने गर्दछन । मन्दिरकैकारण यश क्षेत्रमा रोजगार सिर्जना भएका छन सयौ फुलमाला ब्यवसाय , दर्जनौ फोटा ग्राफ तथा विभिन्न होटल हरुमा हुने ब्यापारले यहाँका स्थानियहरु समेत सन्तुष्ट छन भने राम्रो आम्दानी समेत गर्ने गरेका छन ।सुपा देउरालीमा सनिबार र आइतबार धेरै भिड हुने गरेको छ । अत्याधिक भिडले सबारी पार्किङमा समस्या रहने गरेको छ ।