बाँगीखोला कुलोमा परिणत | अब खोला किनारका सबै घर भत्काउने अभियान शुरु
फाल्गुन १६ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भूमाफिया र स्थानीय व्यापारीको मिलेमतोमा अतिक्रमण हुँदा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेसीको बीचमा पर्ने बाँगी खोला कुलोमा परिणत भएको छ ।
भूमाफिया र स्थानीय व्यापारीको मिलेमतोमा घडेरी प्लानिङका नाममा वर्षौदेखि अतिक्रमण हुँदा सन्धिखर्क र चुत्राबेसीको बीचमा पर्ने बाँगी खोला कुलोमा परिणत भएको हो ।
सन्धिखर्क र चुत्रावेशी बजारलगायतका ठाउँमा बनेका अधिकांश घरहरु खोला अतिक्रमण गरी बनाएको पाइएको छ । नियामक निकायले निगरानी नगर्दा यसबाट र दीर्घकालीन रुपमा ठूलो समस्या उत्पन्न हुने देखिएको हो ।
सदरमुकाम सन्धिखर्क र चुत्रावेशी बजारमा रहेको पुरानो बसपार्क बाँगी खोला, भद्री खोला, घोचे खोला, गुन्टे खोला, लगायतका ठाउँमा रहेका अधिकांश घरहरु खोला अतिक्रमण गरी बनाइएका छ ।
२०५६ साल माघ १ गते तिर बाँगी खोला ।
अब खोलाका किनारमा बनाइएका सबै घर भत्काउने अभियान शुरु
“मालपोतका कर्मचारी र राजनीतिक पार्टीको मिलेमतोमा यहाँका कयौ सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गरिसकेका छन्; नाम नलेख्ने सर्तमा सन्धिखर्कका एक व्यापारीले भने।” सन्धिखर्कमा रहेका खोला, कुलो, पँधेरो, पुरानो बाटो, चौतारोसमेत नामसारी गरेका छन् । २०६०, ६५ साल अगाडि र त्यो समयदेखि मालपोतका कर्मचारीको मिलेमतोमा राजनीतिक पार्टीकै आडमा खोला नजिक किनारका सार्वजनिक जग्गा व्यक्तिका नाममा गराइसकेका छन् । अहिले जति पनि अतिक्रमण गरेका जग्गा कानुनी रुपमा व्यक्तिका नाममा छन् । मालपोतका कर्मचारीले ठुलो रकम लिदै व्यक्तिका नाममा नामसारी गराएका छन् उनले भने।”
“उता बाँगी खोला अतिक्रमण गरी बनाइएका घर सबै भत्काएर, हटाएर सार्वजनिक जग्गा छुट्ट्याउन नगरबासीले माग गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमणको यकिन विवरण तयार गरेर त्यसलाई संरक्षण गर्न सबै लाग्नुपर्ने भन्ने उनिहरुको माग छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने पनि नगरबासीको माग छ ।” साथै “प्रहरी, प्रशासन पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरा ल्याउन तुरुन्त प्रक्रिया चाल्नुपर्छ, सन्धिखर्क – १ का हरि भुसालले भने ।” अब खोलाका किनारमा बनाएका सबै घर भत्काउने अभियान शुरु गर्नुपर्छ । प्रहरी, प्रशासन, नगरपालिकाले नगरे सबै जिल्लाबासी आएर भत्काउन, हटाउने अभियान शुरु गर्नुपर्छ, उनले भने ।”
साथै जिल्ला, देश विदेशमा रहेका अर्घाखाँचीबासीले बाँगीखोला कुलोमा परिणत भएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना, आक्रोशित भएका छन् । अब किनारमा निर्माण गरिएका घरहरु भत्काउन, हटाउने अभियानमा साथ दिने बताएका छन् । नगरपालिका, प्रहरी प्रशासन सावर्जनिक जग्गा अतिक्रमण गरी बनाइएका हटाउन पहल नगरेको भन्दै उनिहरुले व्यापक आलोचना गरेका छन् ।”
२०५९ सालमा सदरमुकाममा सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हुँदा लालपूर्जा नै जलेर नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । आक्रमणमा नापी कार्यालयमा रहेका नक्सा, स्रेस्ता, फिल्डबुक जलेका थिए । रेर्कड नभएको मौका छोपेर केही स्थानमा सार्वजनिक जग्गा मिचेर घरटहरा निर्माण भएका छन् । भने
सोही मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गरी हडप्ने सिलसिला शुरु भएको हो । मुलुक शान्ति प्रक्रियामा गईसकेपछि विशेष टोलीले पुनस्र्थापना गरी जग्गा धनी लालपूर्जा वितरण थालियो ।
जसमध्ये सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ का क्षेत्रमा २०७१ सालदेखि २०७५ सालसम्म विभिन्न चरणमा नक्सा नाप गर्दा जग्गा अतिक्रण भएका ठाउँका केही व्यक्ति संपर्कमा आएका थिएनन् ।
शहरी पूर्वाधार निर्माण समिति र सन्धिखर्क नगरपालिकाले खोला अतिक्रमणबारे अहिलेसम्म ध्यान दिन सकेको छैन् । यस्तै नक्सा नभएको मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएकाहरूको विशेष नापी कार्यालयले सार्वजनिक जग्गा छुट्ट्याउन सकेको छैन् ।
पुरानो बसपार्क लगायतका ठाउँका व्यक्तिहरुसँग लालपूर्जा भए पनि नक्सा कित्तामा नदेखिएकाले दर्ता हुन सकेको छैन् । यसको समाधानका लागि व्यवस्थित बसोबास आयोगमार्फत् राष्ट्रपतिबाट व्यवस्थापन गर्ने विकल्प पनि रहेको छ ।
अहिले सन्धिखर्क नगरपालिकाको वडा नं. १ र २ मा खोलानाला, कुलो, बाटो खोल्साखाल्सीजस्ता सार्वजनिक जग्गा अतिक्रमण गरिएकाले त्यसलाई सरकारीकरण गरिने विशेष नापी कार्यालय अर्घाखाँचीको भनाइ छ ।
खोला अतिक्रमणको यो शृंखलालाई ध्यान दिइएन भने दीर्घकालीन रुपमा यसले ठूलो समस्या निम्तिने निश्चित छ ।