फागुन २३ गते प्रतिनिधिसभाको बैठक अधिवेशन आह्वान

काठमाडौं । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बाुलवाटारमा सोमबार बसेको बैठकले संसद बैठक बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।
बैठकको मितिबारे यसअघि पनि मन्त्रिपरिषदमा छलफल भएपनि आजको बैठकले २३ गते अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाउन सिफारिस गर्ने औपचारिक निर्णय गरेको हो ।
यो निर्णयपछि मात्र सरकारले राष्ट्रपतिलाई पत्राचार गर्नेछ । इमेज च्यानलबाट