अर्घाखाँचीमा मुस्लिम समुदायको हकहितका बिषयमा जनचेतना कार्यक्रम सम्पन्न (भिडियो, फोटो सहित)

केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा मुस्लिम समुदायको हकहितको संरक्षण सन्बर्द्धन तथा सशक्तीकरण बिषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मुस्लिम आयोगको आयोजनामा भएको उक्त कार्यक्रममा मुस्लिम समुदायको सबलिकरण र उत्थानका लागि गर्नुपर्ने पहलका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै मुस्लिम आयोगका केन्द्रिय अध्यक्ष समिम मिया अन्सारीले सबै मुस्लिम समुदाय सचेत हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय  जनगणना शुरु हुँदै गरेको अबस्थामा आफ्नो विवरण पुर्ण रुपमा टिपाउन सबैलाइ अपिल गरे । जनगणना पछि मुस्लिम समुदायको  वास्तविक तथ्यांक आउने र भोलिका दिनमा सजिलो हुने उनको तर्क छ । अध्यक्ष अन्सारीले समुदायको हकहितको लागि दिनरात नभनी काममा लाग्ने प्रतिबद्धता जनाए  ।
कार्यक्रममा कुल बहादुर नेपालिले आयोगको तर्फ  कार्यपत्र प्रस्तुत गर्दै अन्य समुदायमा जस्तै मुस्लिम समुदायमा पनि महिला र बालबालिका हरुकुनै न कुनै किसिमका हिसांको सिकार भएरहेको अबस्थाको उल्लेख गरे । पछिल्लो समयमा दैनिक ६ जना महिला बलात्कारको सिकार हुने गरेको उनको कार्यपत्रमा उल्लेख छ । अनुसन्धान प्रक्रियामा सुधारको आबस्यक देखिएको उनले उल्लेख गरे ।
कार्यक्रममा सहभागी स्थानियहरुले गुनासो राख्दै  मदरसाको संचालनमा आएका समस्या र बजेट कटौती , समुदाय  पछाडी पर्नुमा आयोगले सक्रियता देखाउन नसकेकोमा गुनासो गरेका थिए । उनीहरुले मदरसामा अध्यापन गराउने मौलानाहरुलाइ स्थायी नियुक्ति दिलाउनु पर्ने माग राखेका थिए ।
जनचेतना कार्यक्रमको बारेमा मुस्लिम आयोगका केन्द्रिय सदस्य ममदिन अलिले प्रकाश पारेका थिए भने कार्यक्रमको अध्यक्षता मुस्लिम आयोगका केन्द्रिय अध्यक्ष समिम मिया अन्सारिले गरेका थिए । कार्यक्रममा मुस्लिम आयोगका उप सचीव अनिल खनाल  सांसद नजिर मिया  , प्र.जि .अ. बिश्नु पौडेल, प्रहरी निरीक्षक माधब बुढाथोकि , जिल्ला शिक्षा समन्वय अधिकारी मणिराम पराजुली ,प्रेस युनियन अर्घाखाँचीका सभापती बिरेन्द्र के.सी, पत्रकार महासंघ अर्घाखाँचीका सचिब सुर्य भुसाल ,अर्घाखाँची डटकमका केशवराज ज्ञवाली , लुम्बिनी आवाज डटकमका संचालक हलिम खान लगायत जिल्ला  भित्र रहेका पत्रकारहरु र  मुस्लिम समुदायका स्थानियहरुको बाक्लो उपस्थिती थियो ।
अन्तरक्रिया पुर्व अर्घाखाँचीका मुस्लिम समुदायको तर्फ बाट सांसद नजिर मियाले आयोगका केन्द्रिय पदाधिकारीलाई स्वागत तथा सम्मान गरेका थिए ।