हरिप्रसाद भुसाल
टुडिखेल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क टुडिखेलमा रहेको सेफ्टी क्याविन अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको छ ।
नेशनल प्याथ ल्यावले कोभिड परिक्षणको लागि स्वाव संकलन गर्नको लागि स्थापना गरेको सेफ्टी क्याविन गयराती तोडफोड गरिएको हो ।
क्याविनको दुवैपट्टीको सिसा फुटाइएको ल्यावका अर्घाखाँची प्रमुख सागर पोखरेलले जानकारी दिनुभयो ।
घटनाको विषयमा स्थान्यि प्रशासनलाई जानकारी गराइसकेको पोखरेलले बताउनुभयो । ल्यावले यही मंसिर ५ गतेदेखी स्वाव संकलन र परिक्षण गर्दै आएको छ ।