अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिरमा दर्शन गर्न आएका सर्बसाधरणहरुलाई प्रहरीको दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नं. ७ नरपानी सुपादेउराली स्थित सुपादेउराली मन्दिरको ट्राफिक ब्यबस्थापनमा प्रहरी चौकी नरपानी, अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट खटिएको संयुक्त टोलिले सुपादेउराली मन्दिरमा दर्शन गर्न आएका अन्दाजी ३० जना सर्बसाधरणहरुलाई एकै ठाउमा जम्मा गरी सवारी दुर्घटना हुनुको मुख्य कारणहरु, सवारी साधनमा यात्रा गर्दा अपनाउनु पर्ने शाबधानी सडकमा हिड्दा वा सडक पार गर्दा पालना गर्नु पर्ने नियम तथा अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो ।
सोही अवसरमा ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो ।