अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा खरका छाना विस्थापन कार्यक्रम सुरुवात भएको छ ।
भुमिकास्थान नगरपालिकामा खरका छाना विस्थापन कार्यक्रम अन्तर्गत आज नुवाकोटका सूचीकृत लाभग्राहीहरुलाई हस्तानतरण गरि सुरुवात गरिएको हो ।
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले एक कार्यक्रमका बीच विपन्न वर्गलाई जस्ता पाता हस्तानतरण गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।
आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानोमुक्त बनाउने बताएको छ । भुमिकास्थान नगरपालिकाले खरका छाना मुक्त नगरपालिका बनाउने अभियान आव.०७७/०७८ काे विशेष अनुदान अन्तरगत गरेको हो ।