अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेका विद्यालयहरुमा गुनासो पेटिका राख्न शुरु गरिएको छ ।
बालबालिकामाथि हुने हिँसा, शोषण र दुर्व्यवहारको सुनवाईको लागि सन्धिखर्क नगरपालिकामा रहेका विद्यालयहरुमा गुनासो पेटिका राख्न शुरु गरिएको छ ।
बिद्यार्थीहरुले बिधालयमा आफ्ना गुनासो प्रत्यक्ष रुपमा राख्न नसक्दाको अवस्थामा यो गुनासो पेटिकामा लिखित गुनासाहरु राख्न सक्नेछन् र गुनासो पेटिका प्रत्येक १५ दिनको अवधिमा खोलिने छ ।
यस्तै सन्धिखर्क नगरपालिकाले स्थानिय विद्यालयहरुमा निर्देशन गरे अनुसार अब हरेक विद्यालयले एक जना शिक्षक (भएमा महिला) लाई लैगिंक संपर्क विन्दु राख्नुपर्ने छ ।
यस्तै खाँचीकोटको डिहिडाँडामा श्री चन्द्र प्रभा माध्यमिक बिधालयले तत्काल सम्बोधन गर्नुपर्ने गुनासाहरु बुझ्नको लागि शिक्षिका प्रभा बेल्बासेलाई सम्पर्क शिक्षकको रुपमा चयन गरिएको छ ।