सन्धिखर्क नगरपालिकामा ३ बर्षे शहरी विकास तथा शासकीय पूर्वाधार लागि १८ करोड ३८ लाख थप

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा सहरी विकासका तथा शासकीय पूर्वाधार लागि ३ बर्षे योजना अन्तरगत १८ करोड ३८ लाख ५० हजार १ सय ३८  थप भएको छ । 
सन्धिखर्क नगरपालिकामा सहरी विकासका तथा शासकीय पूर्वाधार लागि ३ बर्षे योजना अन्तरगत १८ करोड ३८ लाख ५० हजार १ सय ३८  थप भएको हो । 
शहरी बिकास तथा भबन निर्माण बिभागले आयोजना गरेको कार्यक्रममा नगरपालिकाको बिकास निर्माण थप योजना का बारेमा  भनाई राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल   र शहरी बिकास तथा भबन निर्माण बिभागका महानिर्देशक नबराज प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
हस्ताक्षर भएपछि सन्धिखर्क नगरपालिकाले शहरी बिकासका लागि  शासकिय तथा पूर्वाधार आयोजनाका लागि १८  कराेड ३८  लाख ५० हजार १३८  रुपैयाँ ३ बर्षमा प्राप्त गर्ने छ । 

अन्य समाचारहरु