अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव समूह’ नेपाल कम्युनिस्ट पार्टीले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिपारलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ ।
भेटघाट तथा सम्मान कार्यक्रममा नेकपाले जिल्लामा जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारहरूलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा जिल्ला सेक्रेटरी क. माहुरीले जनयुद्धमा सहादत प्राप्त सहिदहरूका सपनाहरूमाथि केही गढ्दारहरूले कुल्चेर हिँडिरहे पनि नेपाल कम्युनिस्ट पार्टी सधैं ती महान सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले देशको वर्तमान समाजको यथास्थिती र पछिल्लो देशको राजनीतिक घटना क्रमले कुनै निकास दिन नसक्ने बताए । माहुरीले दलाल संसदीय व्यवस्थाको खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण न्यायप्रेमी, वामपन्थी, लोकतन्त्रवादी जनसमुदायलाई एकिकृत जनक्रान्तिको दिशामा सामेल हुन समेत आह््वान गरे ।
सहिद–सप्ताहको सन्दर्भमा नेकपाले देशव्यापी रुपमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरिरहेको छ ।