अर्घाखाँचीका एक युवा दिल्लीमा मृत फेला

अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनका एक जना युवा भारतको दिल्लीमा मृत फेला परेका छन् । 
खनका ३२ वर्षिय लेखनाथ पोख्रेल भारतको दिल्ली नजिक कौशाम्बी स्थित सेक्टर १०३ मा रहेको पार्कमा झुन्डिएको अवस्थामा शब फेला परेको हो । 
खनमा श्रीमती र २ छोरा छोरी रहेका लेखनाथ २ महिना अगाडि मात्र नेपालबाट दिल्ली आएका थिए । उनी दिल्लीमा एक घरमा काम गर्ने गर्थ्ये । ३ दिन अगाडि काम छोडेर गाजियाबादमा रहेका आफ्न्तको घरमा आएका थिए । लकडाउन अगाडी खनमा रुखबाट लडेका उनी तनावमा रहने गर्थ्ये । 
प्रहरीले आत्महत्या गरेको हुनसक्ने बताएको छ । नेपालीहरुको सहयोगमा शब गाजियाबादको अस्पतालमा पाेस्टमार्ट गरी अन्त्यस्टी गरिएको छ ।