खाँचीकोटको फुदवाङमा पशु ब्यबस्थापन तथा उपचार बिषयक तालिम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोट स्ठित फुदवाङमा पशु ब्यबस्थापन तथा उपचार बिषयक तालिम सम्पन्न भएको छ ।
खाँचीकोटको फुदवाङमा साना किसान बिकाश लघुबित्त बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय बुटवलको आर्थिक सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोटको आयोजनामा पशु ब्यबस्थापन तथा उपचार बिषयक तालिम सम्पन्न भएको हो ।
तालिम संस्था अध्यक्ष लक्ष्मण कडेलको अध्यक्षता,उपाध्यक्ष पद्मलोचन आचार्यको स्वागत मन्तब्य तथा बिष्णु प्रसाद मरासिनीको संचालनमा सम्पन्न भएको थियो । 
३५ जना अगुवा कृषक प्रशिक्षार्थीको रुपमा सहभागि हुनु भएको उक्त तालिममा भेटेनेरी अस्पताल पशु सेवा बिज्ञ सम्पर्क केन्द्र अर्घाखाँचीका पशु चिकित्सक बिष्णु प्रसाद पौडेले मुख्य प्रशिक्षकको रुपमा तथा सोही कार्यालयका पशु प्राबिधिक योगेन्द्र मरासिनीले सहायक प्रशिक्षकको रुपमा सहजिकरण गर्नु भएको थियो ।

अन्य समाचारहरु