सन्धिखर्कमा विप्लव नेकपाद्धारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान (फोटो सहित)

गुरुदेव खनाल / अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेत्रविक्रम चन्द ‘विप्लव समूह’ नेपाल कम्युनिस्ट पार्टीले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिपारलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ ।
भेटघाट तथा सम्मान कार्यक्रममा नेकपाले जिल्लामा जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारहरूलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मी  अर्घाखाँची का सेक्रेटरी माहुरीले सहिदले देखाएको बाटोबाट आफुहरु बिच्चलित नहुने बताउनुभएको छ । २६ औ महान् जनयुद दिबसको अबसरमा शहिद सम्मान एब शुभकामना कार्यक्रमलाई सम्बोेधन गदै सेक्रेटरी माहुरीले सहिदले मुलुक परिबर्तनको निम्ति बगाएको रगत खेर जान नदिने बताउदै आफ्नो पार्टी र आफुहरु बिच्लित नहुने र आफ्नो पार्टी क्रान्ति देश जनता प्रति पुर्ण रुपमा जिम्मेबार रहेको बताउनुभएको थियो 
एक फरक प्रसगमा कुराकानी गदै नेता माहुरीले देशमा ससदीय व्यबस्थाले निकास दिन नसक्ने बताउदै जनता पुर्ण रुपमा बैज्ञानिक समाजबाद एकीकृत जनक्रान्तिमा लाग्नको लागि अपिल समेत गर्नुभएको थियो । कार्यक्रममा अनेरास्वियु क्रान्तिकारी लुम्विनी व्युरो प्रमुख प्रमुख विरेन्द्र विकले सहिदले बगाएको रगत लाई कसैले पनि कुर्ची र पद सँग साट्नेहरुको अब हिसाब किताब जनताले सुरु गर्ने बताउदै सहिद परिबार जनता पुर्ण रुपमा जिम्मेबार हुनुपर्ने बताउनुभएको थियो कार्यक्रममा सहिद परिबारका तर्फबाट गणेश पौडेलले नेपालको परिबर्तीत आन्दोेलनमा सहिदले बगाएको रगतलाई कसैले पनि पद सँग साट्न नहुने बताउदै सम्पुर्ण सहिदहरु एक हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा सहिद परिबार अर्घाखाँचीका अध्यक्ष विशाल खड्काले सहिद परिबारको सपनालाई सबै मिलेर साकार गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सल्लाहकार टामलाल बस्यालको अध्यक्षता अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नविन खड्का को सञ्चालन बाबुराम नेपालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सहिद परिबारका आफन्त लाई नगद प्रमाण सहित सम्मान गरिएको थियो ।