गुरुदेव खनाल / अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेत्रविक्रम चन्द ‘विप्लव समूह’ नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले २६ औ महान् जनयुद दिबसको अबसरमा शहिदहरुको सम्झनामा सदरमुकाम सन्धिखर्कमा आयोजित दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कको शान्तिबगैचामा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मी अर्घाखाँचीका सेक्रेटरी माहुरीले सहिदले देखाएको बाटोबाट आफुहरु विचल्लित नहुने बताउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गदै सेक्रेटरी माहुरीले यस्तो बताउनुभएको हो सेक्रेटरी ।
माहुरीले जनयुदमा लागेर मन्त्री सासद बनेर सम्पति कमाएका नेता कार्यकर्ताको सबैकोे सम्पति सुढुणकरण गरिने बताउदै आफ्नो पार्टीमा छिटो भन्दा छिटो सम्पति विबरण देखाउनको लागि अपिल गदै नेकपा बार्तामा आयो भनेर खुसी भएकाहरुले ख्याल राख्नुपर्ने बताउदै आफुहरुले भ्रष्टाचार अन्याय अत्याचारको जहिले पनि विरोध गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्विनी व्युरो संयोजक विरेन्द्र विक लगायतको आतिथ्यता रहेको थियो कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नविन खड्काले गर्नुभएको थियोे । कार्यक्रममा जनयुदमा सहिद भएका घाइते अपाङ्ग बेपत्ता परिबारका आफन्तको सहभागिताको रहेको थियो अर्घाखाँचीमा जनयुदमा ७९ सहित र २ जना बेपत्ता रहेको बताइएको छ ।