अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा डिभिजन वन कार्यालयको आयोजनामा वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय अधिकृत मोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको वार्षिक योजना तर्जुमा गोष्ठीमा डिभिजन वन कार्यालय अर्घाखाँचीले गरिरहेका कामहरु सामुदायिक वन तथा राष्ट्रिय वनको अनुगमन चोरी सिकारी नियन्त्रण आगामी रणनिति लगायतका बिषयमा छलफल भएको थियोे ।
यस्तै गोष्ठीमा आगामी वन बिकासका कार्यक्रम भाबी योजनाका बिषयमा समीक्षा भएको थियोे ।
डिभिजन वन कार्यालयमा मोहन श्रेष्ठ आएपछि वनको चोरी निकासी रोक्न सबै सामुदायिक वनहरुको अनुगमनलाई तिब्र पारिएको छ ।