अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरा-रुपन्देही सम्पर्क समाजले दिलबहादुर थापा (बिन्दु) को अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती चयन गरेको छ ।
शनिवार भएको प्रथम साधारणसभामा उपाध्यक्ष बसन्ता घिमिरे, बाबुराम भट्टराई, सचिवमा ऋषव पोख्रेल, कोषाध्यक्षमा बलराम घिमिरे, सहसचिवमा कमला घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरुमा अभय पौडेल, अजय घिमिरे, प्रकाश भाट, राधा घिमिरे, गोविन्द खनाल, पारस मरासिनी, भिम खनाल, बिष्णु केसी र कृष्णप्रसाद घिमिरे सर्वसहमत चयन भएका छन् ।
भुमिकास्थान नगरपालीका वडा नम्बर-९, ढिकुराबाट बसाईसराई गरी रुपन्देही बस्ने र रुपन्देहीलाई कर्मथलो बनाएर बसोबास गर्नेहरुको साझा सम्पर्क समाज निर्माण गरिएको हो । २०७२ सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।