ठाडामा सिलाई कटाई स्तरोन्नती शिप बिकास तालिम सम्पन्न (तस्बिर सहित)

अराज बेल्बासे 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडामा सिलाई कटाई स्तरोन्नती शिप बिकास तालिम सम्पन्न भएको छ ।
सामान्य सिलाइ सिकेका सहभागीहरुलाई स्तरोन्नती तालिम प्रदान गरिएको हो ।
 
 तालिममा सहभागिहरुले तालिम सके सँगै आत्मनिर्भर बन्न सक्ने आसा पलाएको बताएका छन । सामान्य सिप रहेका महिलाहरुले ४५ दिनको तालिमले आफुहरुमा ब्यवसाय गर्न सक्ने गरि सिप सिकेकोले पनि आत्मनिभर बन्न सक्ने आसा पलाएको तालिममा सहभागी हरुले बताएका छन्  ।
 
बेरोजगारलाई रोजगार शितगंगाको मुल आधार नाराका साथ   गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम मेडपा अन्तरगत तालिम सञ्चालन भएको हो ।
तालिममा सहभागिहरुले सट,पाइट, चोली लगायतका सामाग्री सिलाउन सक्ने गरि तालिम सकिएको हो । कार्यक्रममा सबोधन गर्दै शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले सिकेको सिपलाई आयआर्जनमा लगाउन सबै सहभागिहरुलाई अनुरोध गर्नु भयो । ब्यवसाहिक रुपमा लाग्नेहरुलाई नगरपालिकाले समेत सक्दो आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । 
यस्तै शितगंगा नगरपालिका ४ का वडा अध्यक्ष दामोदर अधिकारीले सिपमुलक तालिममा सहभागीहरुले ब्यवसायिक रुपमा सफलता प्राप्त गर्न सकेमा मात्र यस्ता खालका कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन सकिने बताउनु भयो । समापन समारोहमा शिक्षा खाशा अधिकृत नागेन्द्र नेपाल समाजसेवी काशीराम आर्चाय ,भोजराज पौडेल लगायतको उपस्थित रहेको थियो ।

अन्य समाचारहरु