सिद्धाराको बाँके-ढोडेनीमा बाँके-ढोडेनीमा सामुदायिक स्वास्थ्य ईकाईबाट सेवा शुरु

गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिकामा रहेका हरेक समुदायका नागरिकलाई स्वास्थ्यको पहुँच पुर्‍याउन नगरका विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।
शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको बाँके-ढोडेनीमा शनिवारदेखि स्वास्थ्य इकाईबाट सेवा सुचारु गरिएको छ । स्वास्थ्य इकाई संचालन सँगै करिब सय भन्दा बढी घरधुरी प्रत्यक्ष लाभाम्वित हुने भएका छन् ।  
गएको शनिवारदेखि शितगंगा नगरपालिकाको वडा नं. ११ बाँके-ढोडेनीमा पनि स्वास्थ्य इकाईबाट सेवा सुचारु गरिएको छ । स्वास्थ्य इकाई संचालन सँगै करिब सय भन्दा बढी घरधुरी प्रत्यक्ष लाभाम्वित हुने भएका छन् ।
सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन विकट बस्तीलाई लक्षित गरी खोलिएको यस इकाईबाट सेवा सुचारु भएको छ । यसरी स्वास्थ्य चौकीको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई यस इकाईले राहत दिलाएको छ ।
अब बाँके-ढोडेनीका नागरिकलाई ३-४ घण्टा हिँडेर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटेको सोही वडाका अध्यक्ष कपिल आलेले बताउनु भयो । इकाईबाट सेवा सुचारु भएपछि स्थानियहरु हर्षित भएका छन । उक्त स्वास्थ ईकाईमा अहेब रोशन घिमिरेको नियुक्ति भएको छ ।
नगरपालिकाले प्रत्येक नागरिकमा स्वास्थ्यको पहुँच पुर्‍याउने निति बनाए अनुसार स्वास्थ ईकाई, स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनु भयो ।नगरपालिका भित्र आवश्यकता हेरी सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरेको पौडेलले बताउनु भयो ।
भौगोलिक विकटता स्वास्थ्य चौकीसम्म सहज पहुँच नभएका गाउँटोलमा सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनेको छ ।

अन्य समाचारहरु