सिद्धाराको जाबुने दमारमा अन्तर्राष्ट्रिय महिला दिवस मनाईयो

गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको जाबुने दमारमा सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्थाले १११ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । 
 सहकारीको अध्यक्ष दिल कुमारी घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष एवं प्रमुख अतिथी भिम केसीले महिला अधिकारको लागि संगठित भई लाग्नु पर्ने बताउनु भएको छ । अध्यक्ष केसीले गाउँघरमा रहेका महिलाहरुको सशक्तिकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नमुना समूह पाँकुरीको प्रतिनिधी लिला सुनार, सृजनशील समूह ठाडाखोला अध्यक्ष अमृता केसी, लालिगुँरास समूह ठाडाखोला सचिव कल्पना बोहोरा, शिक्षिका दिपा रोका, सुपादेउराली समूह गंगटे अध्यक्ष देविका थापा, रुपा खत्री, एकता समूह रागाँकाटेबाट पार्वती खत्री, मिलिजुली समूह नयाँवस्तीबाट सुमित्रा खत्री, सालघारी समूह जाबुनेबाट कृष्ण परियार, निशा खड्का लगायतले नारी एक जुट हुनु अति आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा महिला सहकारीका विभिन्न समूहका प्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेवीका, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम कोषाध्यक्ष गीता गुरुङको स्वागत तथा प्रबन्धक सुशिला आचार्यको संचालनमा सप्पन्न भएको थियो ।

अन्य समाचारहरु