सन्धिखर्कमा निर्माण हुने अत्याधुनिक काेल्डस्टाेर सहित हाड बजारको डिपिआर सम्वन्धी छलफल कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अत्याधुनिक काेल्डस्टाेर सहितको हाड बजारको  डिपिआर सम्वन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । 
नगरपालिका  निर्माण गर्न लागेको करिव ११ करोडकाे कोल स्टोरको डिपिआर गर्ने जिम्मेवारी अलाना ईन्टरनेश्नल ईन्जिनियरिङ सर्बिसेज प्रा लिका निर्देशक उदय भट्टराईको टिमले लिएको थियोे । 
सन्धिखर्क नगरपालिकाको सभाहलमा भएको छलफल कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा निर्माण ब्यबसायीहरुको तर्फबाट वरिष्ठ निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे चेम्वर अफ कमर्सका अध्यक्ष असोक कुमार श्रेष्ठ वार्ड अध्यक्षहरु कार्यपालिका सदस्यहरु नगरसभा सदस्यहरु कृर्षक महासंघका प्रतिनिधि पत्रकार महासंघका सचिब सुर्य प्रसाद भुसाल सहितका संचारकर्मी सरोकारवालाको उपस्थिति रहेको थियो । 
कार्यक्रममाको सहजिकरण सिनियर ईन्जिनियर ईन्जिनियरिङ सर्भिसेस प्रालिका सिनियर ईन्जिनियर भरत आचार्य र आर्किटेक्ट ईन्जिनियर जोत्सना लोहनी कन्सलटेन्सीका कार्यक्रम सहजकर्ता सुनिल ज्ञवालीले गर्नु भएको कार्यक्रमको सन्चालन मन्जु खनालले गर्नु भएको थियोे ।

अन्य समाचारहरु