भोलि अर्घाखाँचीभरका शिवालायहरुमा शिवरात्री पर्वका अवसरमा मेला लाग्ने


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शिवरात्री पर्वका अवसरमा भोलि अर्घाखाँची जिल्लाका बिभिन्न शिवालायहरुमा मेला लाग्ने भएको छ । 
शिवरात्री पर्वका अवसरमा भोलि बिहीवार अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाका बिभिन्न शिवालायहरुमा मेला तथा श्रद्धालुहरुको घुँइचो  लाग्ने भएको हो । 
 
यस्तै श्री शिद्वेश्वर शिवालय मन्दिर चुत्राबेसीमा श्रद्धालुहरुको घुँइचो,  सन्धिखर्क ९ कार्किटोलामा रहेको शिद्वेश्वर गुफामा विशेष कार्यक्रम आयोजना गरिएको छ । 
यस्तै शान्ती बगैचामा रहेको १०८ पञ्चाङग मन्दिर सन्धिखर्कमा, हसंपुरमा रहेको शिवालय मन्दिर, खनमा रहेको मालारानी मन्दिर, ढिकुराको म्यालपोखरीमा रहेको शिवालय मन्दिर,खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर, अर्घातोषमा सत्यवती शिव मन्दिर, धारापानी, ढाकावाङ, खाँचीकोट, वाङ्ला, नरपानी, ठाडा र बल्कोट  साजबोटमा रहेको शिवलाय मन्दिर तथा जिल्लाका स्थानिय देव देवायलय हरुमा शिवरात्रीको अबसरमा भगवान शिवको पुजाआजा गरिदै छ ।