अर्घाखाँचीबाट एमाले केन्द्रिय सदस्य पदमा टाेपबहादुर रायमाझी र चन्द्र बहादुर खड्का चयन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रिय कमिटीको सदस्य पदमा उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझी तथा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का (उज्ज्वल) चयन भएका छन् । 
फाइल तस्बिर । अर्घाखाँचीडट्कम

बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीले अर्घाखाँचीबाट केन्द्रिय कमिटीको सदस्य पदमा उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझी तथा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का (उज्ज्वल) लाई चयन गरेको हो । 
रायमाझी र खड्का सहित नेकपा माओवादी केन्द्रबाट विघटित नेकपा केन्द्रीय सदस्यमा रहेका २२ जना नेताले एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पएका छन् । जसमा १.रामबहादुर थापा २.टोपबहादुर रायमाझी ३.लेखराज भट्ट ४. मणिचन्द्र थापा ५. प्रभु साह ६. टंक आङबुहाङ ७.पासाङ शेर्पा ८.ज्वाला शाह ९.टेकबहादुर बलमपाखी १०.कमल चौंलागाईं ११.मनोज थापा १२.विषमलाल अधिकारी १३.लीलालबहादुर थापा १४.दधिराम न्यौपाने १५.गिरधरि लाल १६.झपट बोहोरा १७. दावा लामा १८.चन्द्रबहादुर खड्का १९.डम्बर बिष्ट २०.गौरीशंकर चौधरी २१.नवीन रोक्का २२.धर्मराज रेग्मी २३.दिनेश पन्थी रहेका छन् ।