अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रिय कमिटीको सदस्य पदमा उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझी तथा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का (उज्ज्वल) चयन भएका छन् । माओवादी केन्द्रका पूर्वनेताहरु एमालेमा आएसँगै अर्घाखाँची जिल्ला पहिलो पटक “दुई तिहाई बहुमत अर्थात कम्युनिष्टको किल्ला” भएको छ, भने जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्ने सपना सदाका लागि अन्त्य भएको छ ।
नेकपा माओवादी केन्द्रबाट विघटित नेकपा केन्द्रीय सदस्यमा रहेका रायमाझीले आफुहरु कुनै हालतमा नेकपा (माओवादी) केन्द्रमा नर्फकिने बताएको एक दिनपछि एमालेको केन्द्रिय कमिटीको सदस्य पदमा चयन भएपछि उनको अर्घाखाँचीमा व्यापक चर्चा भएको देखिन्छ । भने रायमाझी एमालेमा लागेर अर्घाखाँचीबाट आफ्नो राजनीतिक भविश्वको सुरक्षित गरेका छन् । साथै नेपाली कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सदाका लागि पराजित हुने निक्षित भएको छ ।
यो स्पेस सरकारी विज्ञापनको लागि खाली छ–
नेकपाकाे बैधानिकता ऋषि कट्टेललाई प्रदान गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि टाेपबहादुर रायमाझीले एका एक एमालेमा लाग्ने निर्यण लिनुको कारण अर्घाखाँचीलाई मानिएको छ । एमाले अर्घाखाँची जिल्ला कमिटीका एक सदस्यले नाम नलेख्ने सर्तमा भने; “अर्घाखाँचीमा माओवादीको अवस्था एकदम कमजोर रहेको र ढिलो चाडो निर्वाचन भएमा जिल्लाबाट चुनाव जित्न सहज हुने भएकोले रायमाझीले एमालेलाई रोजेका हुन् । जिल्लामा कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चापछि चौथो नम्बरमा माओवादी छ ।”
यस्तै ति नेताले भने; रायमाझी माओवादीमा लागेको भए जिल्लामा कुनै हालतमा पनि चुनाव जित्न सक्ने अवस्था छैन् । अब एमालेमा चेत नारायण आचार्य र रामजी घिमिरेलाई प्रदेश र आफुलाई प्रतिनिधिसभामा उम्मेदवार दिन कसैले विवाद नै गर्दिनन् । तर जिल्लामा तेस्रो शक्ती राष्ट्रिय जनमोर्चासँग गठबन्धन गर्नुपर्छ, त्यो गर्दा राष्ट्रिय जनमोर्चालाई १ प्रदेश, एमालेलाई १ प्रदेश र प्रतिनिधिसभा दिएर बाम गठबन्धन भएमा सहज चुनाव जित्न सकिने छ । अर्को तर्फ रायमाझी माओवादीमा लागेको भए कांग्रेससँग तालमेल गर्न परेमा माओवादीलाई कांग्रेसले प्रतिनिधिसभा दिदैनन् । कांग्रेसले दिने भनेको प्रदेश हो यो भनेको अर्घाखाँचीमा माओवादी- कांग्रेससँग तालमेल गर्ने शत प्रतिशत असंभव छ । यस कारण टाेपबहादुर रायमाझीले एमालेमा लागेका हुन् । प्रचन्डबाट पटक-पटक धाेकाका पाएकाे कारण होइेन् ।
अर्घाखाँचीडट्कमको पुरानो रेकर्ड अनुसार २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका टोपबहादुर रायमाझीले २०७० मसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीका तर्फबाट १२२८६ मत प्राप्त गरेर विजयी भएका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले ११२३४ मत ल्याएको छ भने एमाले १०२४० मतका साथ तेश्रो स्थानमा रहेको थियो । रायमाझीले प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सी.लाई करीव एक हजार मतले पराजित गर्दै विजयी भएका थिए । यस्तै २०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी ले ५०८३७ मत लिई विजयी भएका थिए । रायमाझीले कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका थिए । प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर विसीलाई द्रोसो पटक पनी पराजय गरेका थिए । डा. वि.सी २०७० सालमा झिनो मतान्तरले पराजय हुदैँ रायमाझीले जित हात पारेका थिए । यस्तै २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा रायमाझी अर्घाखाँची १ बाट सांसद भएका थिए ।
टोपबहादुर रायमाझी – डा. रामबहादुर विसी
उता बिहीवार पूर्व माओवादी केन्द्रका नेता रामाझीले अर्को पक्षमा लाग्दा सांसद पद गए पनि आफूसहितका नेता पदको पक्षमा नहिँड्ने बताएका थिए । ‘विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ । “हामी पदको लागि दौडिने नेता होईन, सांसद पद गए जाओस ” रायमाझीको भनाइ थियो । जतिसुकै ड्राइभर बदले, जतिसुकै गाडी बदले या जतिसुकै पार्टपुर्जा बदले पनि कुशल मेकानीकको आवश्यकता भए जस्तै हाम्रो समृद्धिको यात्रा कष्टकर नहुने बताएका थिए ।
यो स्पेस विज्ञापनको लागि खाली छ–
यस्तै अर्घाखाँचीका राजनीतिक विश्लेषक तथा पत्रकार हरि प्रसाद भुसालको भन्छन्; “पहिलाे कुरा : उहाँहरुले आफ्नाे सेफ ल्यान्डिङ खाेज्नुभाे । आफु कुन बाटाे हिड्दा सुरक्षित भईन्छ भन्ने कुरा हरेक ब्यक्तिकाे लागि महत्वपुर्ण हुन्छ नै । अनि दाेस्राे कुरा : बिगतमा प्रचण्डबाट पटक पटक पाएकाे धाेकाका कारण पनि उहाँहरुले पद त्यागेरै भएपनि प्रचण्डकाे साथ छाेड्नुभाछ । प्रचण्डकाे साथमा रहेर भन्दा ओलीतिर लाग्दा नै सत्ता र शक्तिकाे सदुपयाेग अधिकतम गर्न सकिन्छ भन्नेमा पनि उहाँहरुकाे ध्यान पुग्याे हाेला । राजनिति गर्नेले कुन कित्तामा उभिदा बढिभन्दा बढि जनताका काम गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । कुन पार्टि, कुन विचार बेग्लै कुरा हाे, मेराे बिचारमा उहाँहरुले ठिक विकल्प राेज्नुभाे ।”
साथै अर्घाखाँचीका वरिष्ठ पत्रकार मुक्तिनाथ भुसालले भने; “माओवादी केन्द्र भन्दा नेकपा एमालेको संगठन अर्घाखाँचीमा बलियो भएको र अन्य जिल्लाको तुलनामा केन्द्रियस्तरमा पकड जमाउन सक्ने एमाले नेताहरुको अर्घाखाँचीमा कमि देखेपछि नेकपा एमाले रोज्दा आफनो चुनावी उमेदवार सुनिश्चीत हुन सक्ने कारण हो कि भन्ने लागेपनि राजनीतीमा असम्भव र दुष्मन नहुने कारण यहीनैई हुन्छ भनेर यकिन गर्न प्रतिक्षानैई गर्नु पर्ने हुन्छ । माननिय उज्वलजीको सवालमा म पनि अनविज्ञ रहेको छु ।”
अर्घाखाँचीडट्कमले ३० वर्ष अगाडिदेखिको सम्पूर्ण जिल्ला राजनीतिक विश्लेषण गर्दा;- “राजनीतिका चतुर खेलाडी तथा पटक – पटक मन्त्री भएका पुर्व उपप्रधानमन्त्री रायमाझी एमालेमा लागेर अर्घाखाँचीबाट आफ्नो राजनीतिक भविश्वको सुरक्षित गरेका छन् । साथै रायमाझी एमालेमा लागेपछि अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको निरन्तर पराजित हुने निक्षित भएको छ । “
यो स्पेस विज्ञापनको लागि खाली छ–