सन्धिखर्कमा लेखक जेबी दर्लामीको “नेपालको राजनितिमा अर्घाखाँची ” परिसंवाद कार्यक्रम सम्पन्न (फोटो सहित)

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  साहित्यकार, कवि तथा लेखक जेबी दर्लामीको” नेपालको राजनीतिमा अर्घाखाँची” शिर्षकमा प्रकाशित  पुस्तकको  परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको  प्रदेश सांसद रामजी प्रसाद घिमिरेले उदघाटन गरेका थिए । कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य खिम बहादुर बिश्कर्मा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल लगायतको उपस्थिती थियो ।
कार्यक्रममा प्रदेश सदस्य रामजी प्रसाद घिमिरे , जनमोर्चा नेता जिबनारायण खनाल , सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल , रेडक्रस सभापती कुशल भुसाल लगायतले शुभकामना मन्तब्य राख्दै पुस्तक र लेखक दुबैको सफलताको कामना गरेका थिए । भने चोपनारायण बन्जाडे , अधिबक्ता जगन्नाथ भुसाल लगायतले पुस्तकको समिक्षामुलक टिप्पणी गरेका थिए ।
कार्यक्रम लेखक जेबि दर्लामिको अध्यक्षता र संचारकर्मी दिनेस सुनुवारको सन्चालनमा सम्पन्न भएको  थियो ।
अर्घाखाँचीमानै जन्मिएर सन्धिखर्कमा सम्पुर्ण पुस्तक पसलका सन्चालक तथा ब्यबस्थापक रहेका जेबि दर्लामि द्वारा लेखिएको उक्त पुस्तकमा अर्घाखाँचीको इतिहास सके सम्म समेटेको लेखकको भनाइ छ ।