अर्घाखाँचीमा कांग्रेस निकट शिक्षक संघको “जिल्ला प्रतिनिधी सभा” कार्यक्रम सम्पन्न (फोटो सहित)

केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको आयोजनामा जिल्ला प्रतिनिधी सभा  कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षकहरुको मर्यादित पेशा,बिद्यार्थीहरुलाई जीवनोपायोगी शिक्षा” भन्ने मुल नाराका साथ  नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ अर्घाखाँचीको  जिल्ला प्रतिनिधि सभा सन्धिखर्कको बि. पि.स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको हो ।
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा संघिय संसदमा काङ्ग्रेसका सचेतक पुश्पा भुसाल र नेपाल शिक्षक संघका मोहन ज्ञवालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रमुख आथिती पुष्पा भुसालले कार्यक्रममा बोल्दै संविधान र लोकतन्त्र मास्न कम्युनिस्ट सरकार कम्मर कसेर लागेको बताइन । उनले सरकार आफुले गर्नुपर्ने  काम कारबाहिमा चिन्तित नभएको आरोप लगाइन ।के. पि. ओलि नेतृत्वको सरकारले  ३ बर्षको कार्यकालमा मुलुकको संविधान र लोकतन्त्रको धज्जि उडाएको  भन्दै उनले यो सरकार अल्पमतमा परेको र यसको औचित्य सकिएको दावी गरिन ।
ओलीले संविधान माथी हमला गरिरहेको भन्दै उनले  संबिधानको मूल्य र मान्यता स्विकार गर्न नसक्ने हुनाले ओलि प्रतिको  बिस्वास नरहेकोले काङ्ग्रेस ले रणनिती फेर्न तर्फ लागेको उनको भनाइ थियो ।  काङ्ग्रेस आफू हारे पनि लोकतन्त्र बचाउनको लागि र मुलुकको लोकतन्त्र र प्राप्त उपलब्धी बचाउन निर्वाचन आबस्यक महसुस गर्दै निश्पक्ष निर्वाचनको लागि संयुक्त सरकारको  आबस्यक रहेको काङ्ग्रेसले महशुस गरेको उनको भनाइ थियो । आज काङ्ग्रेस सरकारमा जान लालायित छ भनेर बाहिर भ्रम फैलाइएको भन्दै सचेतक भुसाले काङ्ग्रेसले  राष्ट्रिय सरकारको नेतृत्वदायी भुमिका खेल्नुपर्ने देशको आबस्यकता रहेको हो भन्ने तर्फ काङ्ग्रेसले सोच्नु पर्ने आबस्यकता महशुस गर्दै पार्टी भित्र सरकारको नेतृत्व लिनुपर्ने तर्फ  छलफल र बहस भएको बताइन ।
काङ्ग्रेसको अबस्था अर्घाखाँचीमा दरिलो बनाउन शिक्षक संघको भुमिका उल्लेख्य रहेको भन्दै उनले अब अर्घाखाँचीमा कम्युनिस्ट हरु बडारिने र अर्घाखाँची जिल्लालाई  काङ्ग्रेसको किल्ला बनाउने घोषणलाइ  गरिन । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि , पाणिनी गाउपालिकाका प्रमुख , छत्रदेब गाउपालिकाका प्रमुख , काङ्ग्रेस जिल्ला सभापती बिष्णु प्रसाद खनाल मुस्कान लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ केन्द्रिय समिती एबं सार्क टिचर्स फेडेरेशन का पुर्व अध्यक्ष मोहन ज्ञवाली , उप महासचिव महिला नेपाल शिक्षक संघ संघिय समिति धना भन्डारि ,उप महासचिव नेपाल शिक्षक संघ लुम्बिनी प्रदेस )”शृजना पडिंत , नेपाली कांग्रेसका विभिन्न तह र पदमा आसीन नेतागणहरू को उपस्थिती थियो ।  कार्यक्रममा  सेवाबाट निबृत र नयाँ नियुक्ती भएका शिक्षकहरुलाइ लाइ सम्मान गरिएको थियो ।