अराज बेल्बासे
अमराइ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाकाे ठाडा स्ठित अमराईमा जारी हाट बजारकाे आज जनप्रतिनिधी शितगंगा उद्याेग बाणिज्य संघका पधाधिकारीद्वारा अनुगमन भएकाे छ ।
तेस्राे सातामा सञ्चालन भएकाे हाट बजार इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेत, वडा नम्बर ९ का वडा अध्षक्ष भिम केसि, उद्याेग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारी ,तिलक अधिकारी, नारायण बन्जाडे, डिल बहादुर गुरुङ लगायतले अनुगमन गर्दै गुणस्तरमा ख्याल गरि बिक्री गर्न ब्यापारीहरुलाइ निर्देशन गर्नु भएकाे छ ।
स्थानिय बजारमा भन्दा बढि मुल्यमा बिक्री गरेकाे गुनासाे आए सँगै समितिले अनुगमन गर्दै विभिन्न तरकारीहरुमा बढि मुल्यमा बिक्री गरेकाे पाए पछि मुल्यमा समायोजन गराएका थिए ।यस्तै केही ब्यापारीले सडेगलेका सामाग्री बिक्री गरेकाे पाए पछि इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बिक्रीमा राेक लगाउदै नष्ट गर्न लगाउनु भएकाे थियाे । यस्तै हाट बजारमा बजार गर्न आउनेकाे सख्यामा बृद्रि भएकाे हाट बजार ब्यवस्थापन समितिका संयाेजक एलडि गुरुङले बताउनु भयाे ।
स्थानिय कृषकहरुले उत्पादन गरेका कृषि उपजमा बिक्री बढि हुने गरेकाे छ साथै स्थानिय तथा विभिन्न स्थानबाट आएका कपडा ब्यापारीकाे समेत राम्राे व्यापार भएकाे छ । हाट बजारमा काठका ठेकि ,सुपा,डाेका डाला देखि तरुल लगायतका स्थानिय उत्पादनहरु बिक्रिमा राखिएका थिए । अमराइमा हरेक हप्ताकाे सनिबार लाग्ने हाट बजारमा शितगंगाका विभिन्न स्थान बाट ब्यापारका लागि आउने गरेका छन ।