सिराहा मालपोत कार्यालयमा बम बिस्फोट

सिराहा मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट भएको छ।
पौने १ बजे भएको बिस्फोटमा चारजना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रदेश-२ प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए। घाइते सबै कर्मचारी हुन्।
कार्यालयको पहिलो तलामा विस्फोट भएको थियो। कार्यालयमा सेवा प्रवाह भइरहेका समयमा बिस्फोट भएको थियो।
बिस्फोटको जिम्मा कसैले लिएको छैन। अनुसन्धान भइरहेको डीआईजी सिंहले जानकारी दिए। घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ। देशसन्चारमा समाचार छ ।