काठमाडौं, चैत ४ गते । पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको अबस्था क्रिटिकल रहेको र अहिले भेन्टिलेटरमा राखेर उपचार भई रहेको नर्भिक इन्टनेशनल अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबार बिहान ७ बजे विज्ञप्ति जारी गरी अवस्था गभ्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको हाे । यस्तै नेपाली काँग्रेकी नेत्री सिर्जना सिंहले पनि बिहान ट्वीट मार्फत उहाँको उपचार जारी रहेको र स्वास्थ्यलाभको कामना गर्न आग्रह गर्नुभएको थियो । गोरखापत्रमा समाचार छ ।