धारापानी सामुदायिक सिकाई केन्द्रलाई धारापानी रुपन्देही सम्पर्क मन्चद्धारा पुस्तकहरु हस्तान्तर

केशब राज ज्ञवाली 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको धारापानी रुपन्देही सम्पर्क मन्चले देउसी भैलो कार्यक्रम २०७६ बाट संकलित रकमले किनिएका पुस्तकहरु साझेदार संस्था धारापानी सामुदायिक सिकाई  केन्द्रलाई हस्तान्तरण गरेको छ ।
धारापानी जन्मस्थान भई विभिन्न पेशा ब्यबसायका क्रममा रुपन्देहीमा रहेकाहरुको सम्पर्क संस्था धारापनी रुपन्देही सम्पर्क मन्चले पठन संस्कृतिको बिकास गर्ने उदेश्यले पुस्तक हस्तान्तरण गरिएको हो ।
भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ को सभाहलमा गरिएको कार्यक्रममा सम्पर्क मन्चका पधाधिकारीले  सामुदायिक सिकाई  केन्द्रका प्रमुख बाबुराम बन्जाडेलाई हस्तान्तरण गरेका थिए । 
उक्त कार्यक्रममा राजनितिक , ऎतिहासिक , साहित्यिक धार्मिक लगायतका विभिन्न  बिधाका करिब १५० पुस्तकहरु पुस्तकादानी एक थान हस्तान्तरण गरिएको थियो ।हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिती नगरप्रमुख रेशम थापाले सम्पर्क मन्चलाई धन्यबाद दिदै सामुदायिक सिकाइ केन्द्रको बिकासका लागि नगरपालिकाका तर्फ बाट  जति सक्दो प्रयास गर्ने बताए ।
 पुस्तक हस्तान्तरण कार्यक्रमको  प्रमुख अथितीमा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा , अथितिहरुमा भुमिकास्थान वार्ड नम्बर ४ का अध्यक्ष बाबुराम पन्थी , वार्ड नम्बर ३ का अध्यक्ष बालकृष्ण बन्जाडे शान्ती माध्यमिक बिधालयका प्रधानाध्यापक समुदायिक सिकाइ केन्द्र धारापानीका अध्यक्ष लगायत बुद्धिजीवीहरुको उपस्थिति थियो ।

अन्य समाचारहरु