सन्धिखर्क- १ र २ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६२५ जनाले रोजगारी पाए

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ५ चैत ।   प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ६ सय २५  जनाले रोजगारी पाएका छन् । 
आज बिहिबार वडा नम्वर १ र २ को प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय पत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर  प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नम्वर २ का  अध्यक्ष मोतिजंग रायमाझि, वडा सदस्य लक्ष्मण पराजुली, रोजगार संयोजक हिरामणि पराजुली लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम वडा नम्वर १ का वडा अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता र वडा सचिव पुस्पा भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु