सन्धिखर्क – १ मा फोहोर वर्गीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. १ को आयोजनामा फोहोर वर्गीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
वार्ड भित्रका २८ वटा टोलसुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरु बिच अन्तरक्रिया गर्दै  सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  कृष्ण प्रसाद सापकोटाले समग्र नगरपालिकालाई फोहोर वर्गीकरण गराई फ़ोहोर मुक्त बनाउन टोल बिकास संस्था समाजको पुजि भएको उल्लेख गर्दै  फोहोर मैला ब्याबस्थापन सहज भए पनि यसको ब्याबस्थापनमा वास्ता नगरिएको भन्दै दिगो रुपमा उचित तरिकाले फोहोर ब्याबस्थापन कसरी गर्ने  र बर्गिकृत गरिएको फोहोर लाई किचन बाट किचन मा ल्याउने अभियानमा लाग्न सबैमा आग्रह गर्नु भयो ।
वार्ड न. १ का वडाअध्यक्ष युबराज बन्जाडेको  अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सहजकर्ता  हेमराज भुसालले  सहजीकरण र वार्ड सचीव पुस्पा भुसाल ले संचालनमा गरेकी  थिइन् । 

अन्य समाचारहरु