वाङ्लाकाे श्री बलेवाङ्ग आधारभूत विद्यालयमा दिवा खाजा दिएपछि विपन्न परिवारलाई राहत

दिपक भुसाल 
बलेवाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाकाे श्री बलेवाङ्ग आधारभूत विद्यालयमा  विद्यार्थीहरुलाई दिवा खाजा दिएपछि विपन्न परिवारका अभिभावकलाई राहत मिलेको छ । 
वाङ्लाकाे श्री बलेवाङ्ग आधारभूत  विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजा दिएपछि विपन्न परिवारका अभिभावकले राहत मिलेको बताएका हुन्   । 
विपन्न गरिव परिवारका बालबालिकाहरु विद्यालयमा भर्ना भएपनि आर्थिक अभाव र जनचेतनाको कमीका कारण बीचमै पढाई छाड्ने गरेका देखिन्छन् । 
आर्थिक अभावका कारण बालबालिकाहरु विद्यालय नै जान छाडेपछि सन्धिखर्क नगरपालिकाले त्यस्ता खालका बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गर्न निःशुल्क रुपमा दिवा खाजाको व्यवस्था गरेको छ ।
बालबालिका पठन पाठनको नाममा हुने बसाईसराईलाई रोक्न, उनीहरुलाई विद्यालयमा टिकाई राख्न र विषयगत शिक्षकहरुलाई जिम्मेवारी वोध गराउँदै गुणस्तरीय शिक्षा प्रदान गरी विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय शिक्षामा निरन्तरता दिन े सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएको सन्धिखर्क नगरपालिकाले बताएको छ । 

अन्य समाचारहरु