सहयोगी बि. सी.
धनचौर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. १० धनचौरमा रहेको श्री जन जागृती उच्च मा.वीमा तालाबन्दी गरिएको छ।
धनचौरमा रहेको श्री जन जागृती उच्च मा.वीका प्राचार्यको कोठामा स्थानीय अभिभावकहरुले गरेका हुन् ।
एक पालिका एक नमूना बिधालय भन्ने सरकारको नीति मुताबिक भुमिकास्थान नगरपालिकाबाट उक्त बिधालय नमूना बिधालयमा छनौट भएको नगर प्रमुख रेशम थापाले बताउनु भयो।
बिधालय नमूना छनौट भएपछि सो बिधालयमा झण्डै ५ करोड २५ लाखमा बहुउद्देश्यीय भबन र झण्डै २ करोड २५ लाख शैक्षिक बिकासमा खर्च हुने हुने खबरले अभिभावक हरु अत्यन्तै खुशी भएका थिए।
५ बर्ष भित्रमा सम्पन्न हुने उक्त बिधालयका भबनहरु मध्ये यसै बर्ष भित्रमा २ करोड ७० लाखको ९ कोठे ३ तले भबनको निम्ति डिपिआर समेत तैयार भएको बिधालयका प्राचार्य पिताम्बर खनालले जानाकारी दिनु भयो।
उहाँले साँगुरो जग्गा हुँदाहुँदै पनि डिपिआर भैसकेको स्थान भन्दा बाहिर जान नसकिएको अनेकौं पटक पहल गर्दा पनी सहमति जुटन नसकिएको उहाँको भनाई छ। धेरै समय सम्म बिधालय ब्यबस्थापन समितिको गठन समेत हुन नसकेकै अबस्थामा शिक्षा बिभाग बाट आएको प्राबिधिक टोलीले उक्त बिधालय नजिक रहेको बिधालयको जग्गामा ९ कोठे भबनको डिपिआर ( बृस्तित सर्बेक्षण योजना ) तैयार गरेको थियो।
नमूना बिधालय छ्नौंट पछि बन्ने बहुउद्देश्यीय आबासिय भबन ,प्रशासनिक भबन ,चमेना गृह ,स्वागतद्वार खेलमैदान लगायतको भबन निर्माणका लागि जग्गा साँगुरो भएको र बिधालयको ५ सय मिटर नजिक जग्गा उपलब्ध भएमा डिपिआर समेत बदल्न सकिने तर सो कार्य १५ दिन भित्रमा गर्नुपर्ने भन्ने प्राबिधिकको मौखिक भनाईको आधारमा नब गठित ब्यबस्थापन समितिले पहल र अनुरोध गरे अनुसार बिधालय क्षेत्रको तल्लो भाग २०० मिटर नजिक स्थानीय अभिभावक बोम बहादुर रायमाझी ,गणेश रायमाझी ,यम बहादुर रायमाझी लगायतका जग्गा धनिले बिधालयका लागि आबश्यक पर्ने ७ देखि १०रोपनी सम्मो वारी जग्गा दान दिन तैयार भएका थिए।
त्यसो त बिधालय क्षेत्रको उपल्लो भागमा रहेका अभिभावक समेतले ३ रोपनी जग्गा दिन सक्ने समेत कुरा आएको बुझिएको छ। बहुउद्देश्यीय भबन बनाउने कुरामा स्थानीय राजनीतिक पार्टी समेतको लिखित सहमतिमा योजना सम्पन्न गर्नुपर्ने भन्ने बिधालय ब्यबस्थापन समितिको निर्णय अनुसार केही पार्टी हरुले लिखित दिई सकेका र केहिले मौखिक मात्र सहमति छ भनी रहेकै अबस्थामा पुरानै डिपिआर तैयार भएको जग्गामै भबनको सझौता गर्न नगर पालिकाको कार्यालय जाने सूचनाको आधारमा हाम्रो राम्रो नमूना बिधालय संघर्ष समितिका अध्यक्ष पुर्ण बहादुर भट्टराईको अगुवाइमा बिधालयमा तालाबन्दी गरिएको भट्टराईले भन्नुभयो।
सो बिषयमा जानाकारी लिन खोज्दा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले ९ कोठे भबनको डिपिआर तैयार भै यसै आर्थिक बर्षमा ९ कोठे भबनको निर्माण कार्य सुरु गर्न बिभाग बाट ताकेता भएकोले बिधालय ब्यबस्थापन समितिको निर्णय सहित प्राचार्य कार्यालयमा सम्पर्क राख्नु भएकोले प्रक्रिया अगाडि बढेको र स्थानीय अभिभावक बिच भएको बादबिबाद संग कार्यालयको कुनै सरोकार नभएको प्रक्रियागत रूपमा आएको कार्यलाई प्रक्रियागत रूपमा अगाडि बढाउनु आफ्नो कर्तव्य रहेको जानाकारी दिनुभयो।यदि बाहिर हल्लाका आधारमा डिपिआर तैयार भएको स्थान बाहेक अन्यत्र भबन बनाउने योजना हो भनेपनी उचित समयमा नै त्यही प्रक्रिया अनुसार सम्झौता गर्न आउनु पर्ने थियो।त्यो अब ढिला भैसक्यो।”लगन पछिको पोते”जस्तो भयो।उहाँको भनाई रहेको छ।
यता ब्यबस्थापन समिति जनप्रतिनिधि स्थानिय राजनीति दलका नेता अधिकांश अभिभावक हरुको अनुरोधमा साउन ४ गते निशुल्क जग्गा उपलब्ध गराउने भनी सकेपछि पनि किन प्रक्रिया अगाडि बढाइएन।अन्तिममा आएर त्यही पुरानो साँगुरो स्थानमा नै भबन बनाउन थियो भने किन नयाँ ठाउँमा पनि भबन बनाउन सकिन्छ भनियो।स्थान अभाबले अहिले पनि विद्यार्थीले प्रार्थना गर्दैनन। अहिले त ५०० विद्यार्थी छन।यसको सत्य तथ्य यथार्थ जानाकारी नदिएसम्म हामी ताला खोल्न दिंदैनौं।बिधालय जस्तो पबित्र स्थानलाई किन केही ब्यक्तिको स्वार्थमा प्रयोग गरियो।सोही बिधालयमा ३८ बर्ष शिक्षण सेवा गर्नु भएका मान बहादुर रायमाझीले आक्रोश पोख्नु भयो।कसैको जग्गा खरिद गर्न मोलतोल गर्ने कसैले निशुल्क जग्गा उपलब्ध गराउँदा पनि सहर्ष स्वीकार गर्न नसक्ने हामिलाई केही ब्यक्तिसंग शंका छ।किन दीर्घकालीन रूपमा हेरिन्न।उहाँको गुनासो छ।
स्वास्थ्य उपचारको क्रममा रहनु भएका वडा अध्यक्ष खगेश्वर पंथी संग सम्पर्क गर्दा राजनीतिक सहमतिको निम्ति २ महिना सम्म अथक प्रयास गर्दा पनि सहमति नजुटेको अबस्थामा प्रक्रिया अगाडि बढेको भन्ने जानाकारीमा आएको छ।आएको बजेट फृज हुन दिनु भएन। निशुल्क जग्गादाताहरुलाई उच्च सम्मान गर्दै आगामी बर्षमा हुने अन्य भबनको निम्ति सहमति जुटाएर प्रस्तावित स्थानमा भबन बनाउन पहल गरिने बताउनु भयो।