सिद्धाराको श्री बुद्ध आधारभूत विद्यालय लुङग्रीमा शिक्षक नियुक्ति,सरूवा गर्ने विषयमा विवाद हुँदा तालाबन्दी

राताे प्रेस / अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ११ सिद्धारामा रहेको श्री बुद्ध  आधारभूत विद्यालय लुङग्रीमा तालाबन्दी भएको छ । 
शिक्षककाे नियुक्ति वा सरूवा गर्ने विषयमा मंगलबार बसेकाे विद्यालय व्यवस्थापन समितीकाे बैठककाे निर्णय हुन नसकेपछि अभिभावकहरूले विद्यालयमा तालाबन्दी गरेका छन् । नयाँ शिक्षक नियुक्ति गर्ने वा सरूवाका लागि निवेदन परेका मध्येका शिक्षकलाइ समर्थन गर्ने भन्ने विषयमा कुरा मिल्न नसकेकाे एक अभिभावकले राताे प्रेसलाई बताएका छन । शिक्षक सरूवा तथा नियुक्तिमा चलखेल गर्न खाेजेकाे भन्दै उनीहरूले आराेप लगाएका छन । आज विद्यालयकाे ताला नखुले पछि शिक्षकहरूले  विद्यार्थीहरूलाइ चउरमा बसालेर पठनपाठन गरेकाे एक शिक्षकले बताए ।
उता विद्यालयका प्रअ पाेमनारायण बेल्बासेले अभिभावक र समितीकाे कुरा नमिले पछि तालाबन्दी भएकाे बताएका छन । 
त्यस्तै वडा सदस्य गणेश पुलामीले सरूवाका लागि दुइ जनाकाे निवेदन आएपछि कसलाइ गर्ने कसलाइ नगर्ने भन्ने विषयले समस्या पारेकाेले विज्ञापनमा जानु पर्ने तर्क राखेका छन । 
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक पुलामीकाे पनि विज्ञापन गर्ने भन्ने विषयमा मत रहेकाे वडा सदस्य पुलामीकाे भनाइ छ ।

अन्य समाचारहरु