अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले औधोगिक ग्राम पूर्वाधार विकास कार्यक्रम छनोट भए पश्चात सम्झौता गरेको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा औधोगिक ग्राम पूर्वाधार विकास कार्यक्रममा मन्त्रालय र सन्धिखर्क नगरपालिका विच सम्झौता सम्पन्न भएको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट सहसचिव बलराम रिज्याल र नगरपालिकाको तर्फबाट नगर प्रमुख कमल प्रसाद भुसाल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सम्झौता गर्नु भएको हो ।
योसँगै सन्धिखर्क नगरपालिकाले पूर्वाधार बाहेक अध्ययन अनुसन्धान र प्रशासनिक विविध खर्च गर्न नपाउने गरी ९२ लाख पाउने भएको छ ।
आगामी वर्ष प्रदेश सरकार र संघीय सरकारबाट समेत आयोजनाको पूर्णताकाे लागि थप रकम विनियोजन हुने कार्यक्रम छ । यो ग्रामको घोषणासँग अब सन्धिखर्कले विकास सम्मेलन आयोजना गरी विकास प्रवचन संचालन गर्ने छ, आयोजना वैंक निर्माण गर्ने छ । साथै नगरपालिकाका गेम चेन्जर प्रोजेक्ट, नगरको मुहार परिवर्तन गर्ने आयोजना, रणनैतिक आयोजनाहरु र पि १, पि२, पि३ गरी आयोजनाको वर्गिकरण गरी नयाँ दृष्टिकोणका साथ नगरपालिकालाई अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । औधोगिक ग्राम सन्धिखर्क नगरपालिका वार्ड नम्बर १०भित्र पर्ने जग्गामा निर्माण हुने तैयारी छ ।