ढाकावाङमा भोलिदेखि भलिबल प्रतियोगिता हुँदै, रेफ्रीहरुलाई सन्धिखर्कमा स्वागत

केशब राज ज्ञवाली 
ढाकावाङ, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं-१ ढाकावाङको पिपलनेटामा बजार व्यवस्थापन समितिको आयोजनामा भोलीदेखी सुरु हुने खुल्ला भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता बारे जानकारी दिने उद्धेश्यले बिहिवार सन्धिखर्कमा आयोजना गरीएको पत्रकार सम्मेलनमा आयोजकले उक्त कुराको जानकारी गराएको हो ।
कार्यक्रममा मनतब्य राख्दै खेलकुद बिभागका सदस्य बिष्णु शर्माले खेलको सबै तयारी पुरा भएको बताउनु भयो । शर्माले कोभिड १९ संक्रमणको अबस्थालाई मध्यनजरगर्दे पुर्णरुपमा स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरीने बताए । खेलको भुमिकास्थान नगरप्रमुख रेशम थापा र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्बी थापाले संयुक्त रुपमा उद्घाटनगर्ने शर्माले बताए । टेकराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्बी थापा,पत्रकार गणेश खनाल,राष्ट्रिय रेफ्रीद्धय खुम गाउँले, चित्रा गुरुङ लगायतले शुभकामना मनतब्य राखेका थिए ।
जिल्ला भित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले रू. ५१ हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश : ३१ हजार र २१ हजार नगद सहित शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

अन्य समाचारहरु