अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक ठाकुर कुमार बिकले नगरपालिका भित्र निर्माणधिन अबस्थामा रहेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।
अनुगमनका सन्धिखर्क नगरपालिका वडा न. ९ का सडक तथा वडा न. ५ का स्कुलहरुमा निर्माणाधिन शौचालय तथा बाल निर्माणकार्य हरु को निरीक्षण त अनुगमन गर्नु भएको हो ।
अनुगमन गदै नगर उपप्रमुख विकले मापदण्ड अनुसार काम गर्न निर्देशन दिदै मापदण्ड विपरित काम गरेको खण्डमा निर्माण व्यबसायी सरोकारवाला निकायलाई समेत कार्यबाही गरिने बताउनुभएको छ अनुगमन वडा न. ९ का सडकहरुको निरीक्षण तथा अनुगमनमा वडा अध्यक्ष देब बहादुर रायमाझी तथा वडा न ४ का बिध्यालय हरुमा निर्माणाधिन संरचना हरुमा नगर शिक्षा प्रमुख युगलनारायण बस्याल तथा नगर कार्यपालिका सदस्य श्रृजना बिक समेतको उपस्थित रहेको थियो ।