काठमाडौँ – वायु प्रदूषण बढ्न थालेपछि घर बाहिर ननिस्न, खुल्ला स्थानमा नबस्न, मर्निङ्गवाकमा नजान नागरिकलालाई अपिल गर्दै शुक्रबार अपिल जारी गर्यो।
मन्त्रालयले बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गर्दै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन समेत सचेत गराएको छ।
‘घर बाहिर निस्कनै परे अनिवार्य मास्क प्रयोग गरौँ। कोभिड–१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौँ र गराऔँ’, मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ, ‘धुलो, धुँवा उड्ने खालका पेशा, व्यवसाय निमार्णका कार्य केही दिनलाई बन्द गरौँ। अत्यावश्यक नभएर सवारी साधन नचलाऔँ।’
यस्तै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन विज्ञहरुले समेत आग्रह गरेका छन्। स्वास्थ्यका हिसाबले अहिलेको सयम निकै नै खतरानाक मानिएको उनीहरुको भनाइ छ।
वायु प्रदूषणले शरीरका अन्य अंगहरुमा असर पार्नुका साथै आँखामा पनि गम्भीर समस्या देखिने आँखा रोग विशेषज्ञ डा. इन्दु ढुंगेलले बताए।
‘अहिले वायु प्रदूषण ह्वात्तै बढेको छ। रियर क्वालिटी इन्डेक्स भनिन्छ, त्यो विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड भन्दा तेब्बर बढेको छ। त्यसले शरीरको अन्य अंगहरुमा पनि असर त पुर्याउँछ नै अझ बढि आँखा र श्वासप्रश्वासमा असर पुर्याउने गर्छ’, उनले भने, ‘जो बढि प्रदूषणमा बस्छन्, उनीहरुलाई आँखा बिझाउने, आँखा खोल्ने, दुख्ने, बिजाउने, धुलो परेको जस्तो हुने, बालुवा परेको जास्तो हुने हुन्छ।’
डा. ढुंगेलका अनुसार हावामा भएको साना कणहरु विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको गरेको भन्दा धेरै छन्। एउटा एअर क्वालिटि खतम छ। अर्को साइज हो, त्यो पनि चाहिने भन्दा बढि छ।
‘सकेसम्म अत्यावश्यक काम बाहेक अन्य समयमा खालि ठाउँमा नजाने वा नबस्ने गर्नु पर्छ। त्यसमा पनि जानै पर्ने काम परेको खण्डमा के गर्ने त भन्दा अल्लि प्रोटेक्टिभ चस्मा लगाउनु पर्छ। केही हदसम्म चस्माले प्रोटेक्ट गर्छ। तर पूरा मात्रामा भने गर्दैन’, उनले भने, ‘कसैलाई लाग्न सक्छ आँखा धुनु पर्छ। आँखामा पानी छ्याप्यो भने ठिक हुन्छ। तर त्यस्तो गर्नु हुँदैन। आँखामा पानी छ्याप्दैमा आँखा सफा हुँदैन। कुनै कुनै केमिकल आँखामा पर्यो भने मात्रै पानी छ्यापेर सफा गर्ने हो।’
आँखा धेरै पोल्यो वा अप्ठ्यारो भएको खण्डमा ‘कुलिङ् ड्रप’को प्रयोग गर्न सकिने डा. ढुंगेलले बताए।
स्वास्थ्यका हिसाबले अहिलेको वातावरण उपयुक्त नभएको छाती रोग विशेषज्ञ, डा. केदार नरसिंह केसी बताउँछन्।
‘यसमा दुईवटा कुरा छ। लङ ट्रम इफेक्ट र सट ट्रम इफेक्ट। सट ट्रममा रुघाखोकी लाग्नेदेखि श्वास फेर्न गाह्रो हुने दम बढ्ने जस्ता समस्या धेरै देखिन्छन्। विभिन्न कारणले गर्दा प्रेसर बढ्ने, मृगौलामा समस्या देखिन सक्ने, छालामा समस्या देखि सक्छन्। तत्काल स्वास्थ्यमा देखिने गरेका यी सबै समस्या सट ट्रममा देखिने समस्या हु्न्’, उनले भने, ‘त्यस्तै लङ् ट्रममा हेर्ने हो भने लामो समयसम्म यस्तो वातावरणमा एस्पोज हुने हो भने फोक्सोको क्यान्सर, वायु प्रदूषणका कारण ब्रान्काइटिसको सम्भावना बढि हुन्छ।’
यो समयमा आइसोलेट भएर घर भित्रै बस्नु स्वास्थ्यका लागि उपयुक्त हुने डा. केसीले बताए। उनले भने, ‘यो समयमा घर भित्रै बसेर आफूलाई केही हदसम्म स्वास्थ्य राख्न सकिन्छ। धुलो वा धुँवाका स–साना कणहरू सिधै रक्तसञ्चारका माध्यमबाट मुटु वा मिर्गौलासम्म पुग्न पनि सक्छन्।’
वायु प्रदूषण बढिरहेका बेला अझ बढि दमका रोगीहरु विशेष ख्याल राख्नु पर्ने उनले बताए। देशसन्चारमा समाचार छ ।