अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ का वादी समुदायका लागि आवास निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कका वादी समुदायका लागि लुम्बिनी प्रदेश सरकारबाट निर्माण हुने जनता आवास निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेले जनता आवास निर्माणको शिलान्यास गर्नुभएको थियो । सन्धिखर्क नगरपालीका वडा नं.२ भद्रिखाेलामा बसाेबास गर्ने ११ बादी समुदायका परिवार र अन्य दलित समुदायका २ परिवार गरि जम्मा १३ परिवारकाे लागि लुम्विनी प्रदेश सरकारकाे जनता आवास कार्यक्रमकाे घरहरु निर्माणकाे शुभारम्भ (सिलन्यास) आज एक समाराेहका बिच सम्पन्न भएको थियो ।
सुरक्षित घडेरि समेत नभएकाे याे समुदायका लागि मुख्यमन्त्री ग्रामिण बिकास तथा राेजगार कार्यक्रमबाट घडेरीकाे समुचित ब्यबस्था गरि याे आवास कार्यक्रम अगाडि बढाईएकाे हो ।
अबकाे २ महिना भित्र पक्कि छानाे सहितकाे घरमा प्रबेश गर्ने अवस्थाकाे सुनिष्चितता भएकाे बताइएको छ ।