ओलीलाई घनश्याम भुसालको पत्र: आज वा भोलि वा पर्सि तपाईं दण्डित हुनु हुनेछ

नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। सेतोपाटीमा समाचार छ । 
ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दै उनले उनले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ? भनी प्रश्न गरेका छन्।
‘पार्टीलाई बन्धक बनाएर तपाईंले ती सबै पूरा गर्नुभयो। त्यही अनुपातमा तपाईंले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरू भत्काउँदै जानुभयो। अझै पनि हाम्रा अग्रजहरूको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन्,’ उनको पत्रमा भनिएको छ, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ  आज वा भोलि वा पर्सि तपाईं दण्डित हुनु हुनेछ।’  
हेर्नुहोस् पत्रको पूर्ण पाठ