प्रेमनारायण आचार्य
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा आर्थिक अभावका कारण आफ्नो स्थायी घर समेत नभएर बारीको कान्लामा जस्ताले बारेर किरीया बसेका कुँवर परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
डिभर्नाको आफ्र निवासी स्वर्गीय सुन्तली देवी कुवरका दुई छोराहरु यतिबेला बारीको काल्नामा जस्ता पाताले वरिपरि बेरेर अस्थायी झुपडी निर्माण गरि किरिया बसेका थिए । कुवरका दुई छोराहरु बिस्णु बहादुर कुवर र श्रीधर कुवर आमाको किरिया बारीको काल्नामा बसेर गरेका हुन् ।
केही दिन अघि मात्र उक्त स्थानमा पुग्नु भएका नेपाली काङ्ग्रेस सनपा १२ का वडा सभापती लिलाधर बस्यालले उक्त परिवार समस्या देखे पछि सार्वजनिक रुपमा आर्थिक सहयोगको लागि सामाजिक सन्जाल मार्फत आह्वान गर्नु भयो । त्यस लगत्तै सहयोग रकम जुटेसङ्गै आर्थिक सहयोग लिएर नेपाली काङ्ग्रेस सनपा १२ को टोली उक्त स्थानमा पुगेको छ ।
बारीको काल्नामा जस्तापातले वरिपरि बेरेर आमाको किरिया गरिरहेका दुई छोराहरुको अबस्था देखेर उपस्तिथि सबैजना भावुक बने । सहयोग रकम लिएर पुगेको काङ्ग्रेस सनपा १२ को टोलीले २५ हजारको चेक परिवारलाई हस्तान्तरण गरेको छ ।
चेक हस्तान्तरण गर्दै वडा सभापती बस्यालले नेपाली काङ्ग्रेस कसैको दुख देख्न नसक्ने भन्दै सहयोग रकमका लागि फेसबुकमा आह्वान गरेको हुँ । मनकारी सनपा १२ का युवा साथीहरुको सानो सानो सहयोगले यो सम्भव भएको हो । बस्यालले भन्नूभयो , “यो पहिलो चरणको सहयोग हो , सहयोग रकम जुट्ने क्रम जारी छ , यदि परिवारले चाहे अस्थायी बसोबास लागि घर निर्माण गरिदिने समेत बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापती केसवराज कुवर , पुर्व जिल्ला कोसाध्यक्ष हरि बहादुर खड्का , सनपा १२ उपसभापति मेख बहादुर थापा , सचिव तारा प्रसाद बस्याल , चारतारा बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर खड्का , शिक्षक संघका गोबिन्द बस्याल , समाजसेवी पशुपती पौडेल ,सोम बहादुर खड्का , युवा समाजसेवी कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।