सन्धिखर्कभरका २,५२३ छात्राहरुलाई १४ प्याकेटका दरले सेनेटरी प्याड वितरण

प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ । 
आज एक कार्यक्रमका विच सेनेटरी प्याड विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेर नगर प्रमुख कमल प्रसाद भुसालले शुभारम्भ गर्नु भएको हो । 
विद्यालयमा अध्यन गर्न आउने छात्राहरुले महिनावारी भएको समयमा  विद्यालय छाड्न नपरोस भनेर नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।  
कक्षा ६ देखि १२ सम्मका २५ सय २३ छात्राहरुका लागि एक छात्रा १४ प्याकेटका दरले वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव युगल नारायण वसेलले जानकारी दिनुभयो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उप प्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्ष ईश्वरी प्रसाद भुसाल, कार्यपालिका सदस्य सुजना बिक, विद्यालय निरिक्षक मञ्जु आचार्य लगायतको उपस्थिति रहेको थियो । 
कायक्रम सन्धिखर्क नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव युगल नारायण वसेलको सञ्चालनमा सम्पन्न भएको हो । 
यस अघि गत आर्थिक बर्षको बजेटबाट भाद्र महिनामा पनि नगरपालिका भित्र रहेका २५ सय २६ छात्राहरुकालागि प्रति विद्यार्थी  १६ प्याकेटका दरले प्याड वितरण गरेको थियो ।

अन्य समाचारहरु